सुन ठगी गर्ने चार जना प्रहरी नियन्त्रणमा
८ पुस, पाल्पा — पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा सुन ठगी गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रैनादेवी छहरा–७ बल्ढेङ्गढीकी ७८ वर्षीया डिलकुमारी बगालेको सुन सफा गर्ने बहानामा ठगी गरेका चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।
रौतहट ईशनाथ गाउँपालिका–२ का ३० वर्षीय अनिल कुमार शाह, सोही स्थानका २१ वर्षीय आशिक शाह, अर्का २१ वर्षीय रोश शाह र अर्का २१ वर्षीय कृष्ण शाह रहेका छन् । उनीहरुले बगालेको सुन फोहोर भएको र सफा गर्ने बहानामा अर्को सुनको जस्तो देखिने रिङ दिएर भागी फरार भएको अवस्थामा प्रहरीले पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए । उनीहरुलाई खोजतलास गर्ने क्रममा पाल्पाकै रैनादेवी छहरा गाउँपालिका–७ तल्लो काउलेमा फेला पारेको प्रहरीले जनाएको छ । चारै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
Post Comment